मकवानपुरमा थप ९९ जनालाई कोरोना, १९९ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा विहीबार (आज) थप ९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौंलागाईंका अनुसार २ सय १० जनाबाट संकलित स्वाब परिक्षण गर्दा ५९ जना पुरुष र ४० जना महिलालाई कोरोना भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा मकवानपुरगढी गाउँपालिकाका १ जना, थाहा नगरपालिकाका १६ जना, मनहरी गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका १ जना र हेटौंडा उपमहानगरपालिकाका ७५ जना रहेका छन् । बाहिरी जिल्लाको ३ जनामा कोरोना भएको छ ।
यस्तै, मकवानपुरमा पछिल्लो २४ घन्टामा १ सय ९९ जनाले कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार होम आइसोलेसनबाट १ सय ८२ र संस्थागत आइसोलेसनबाट १८ जनाले कोरोना जितेका हुन् ।
मकवानपुरमा अहिलेसम्म ८ हजार २ सय १३ जनालाई कोरोना पुष्टि भएकोमा २ हजार ४ सय ४४ जना सक्रिय संक्रमित छन् ।
मकवानपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ८४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।