सुरक्षाकर्मीलाई खाजा खुवाउँदै विकेशलाल

लोकखबर
१६ जेष्ठ २०७८, आईतवार १८:०१

मकवानपुर । कोरोनाको जोखिमबाट बच्नका लागि जारी निषेधाज्ञा पालना गराउँन चोक चोकमा खटिएका सुरक्षाकर्मीलाई हेटौंडाका एक व्यवसायी, अभियन्ताले खाजा खुवाएका छन् ।

निषेधाज्ञा पालना गराउँन खटिएका प्रहरीलाई युवा व्यवसायी, अभियन्ता विकेशलाल श्रेष्ठले दिवा खाजा खुवाएका हुन् ।

चर्को घाममा खटिएर ड्युटी गर्दागर्दै भोकाएका सुरक्षाकर्मीलाई आफूले सकेको सहयोग गर्न सक्रिय बनेको श्रेष्ठ बताउँछन् ।
‘अहिले मकवानपुरभर निषेधाज्ञा छ । निषेधाज्ञामा कुनै पसल खुलेको छैन । घामपानी नभनी सडकमा निषेधाज्ञा कडाई गर्न सवारी चेकजाँच र ड्युटीमा खटिने सुरक्षाकर्मीलाई आफ्नो ड्युटी गर्न कति समस्या भइरहेको होला ?’ उनले भने, ‘ड्युटीमा खटिने सुरक्षाकर्मीलाई आफूले सकेको सहयोग गरेको हुँ ।’

उनले प्रहरीलाई दिवा खाजा खुवाउने कार्यलाई निषेधाज्ञाभर निरन्तरता दिइने बताए ।

कोरोनाका कारण निषेधाका समयमा मकवानपुरको हेटौंडामा रोटरी क्लब अफ मकवानपुर हेटौंडा,सहयोगी मन लगायत संस्थाले खाना तथा खाद्यान्न सहयोगका कार्य गरिहरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*