हेटौंडाकी ३६ वर्षिया महिलाको कोरोनाबाट मृत्यु

मकवानपुर । मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकी ३६ वर्षिया एक महिलाको मृत्यु भएको हो ।
वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीका अनुसार जेठ गते गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनी घरमै आइसोलेसनमा बसेकी थिइन् ।
उनीसंगै परिवारका चार जना सदस्य कोभिडपछि होमआइसोलेसनमा बसेका थिए । वडा अध्यक्ष पराजुलीका अनुसार कोरोना संक्रमित महिलाको गएराती मृत्यु भएको हो ।