मकवानपुरमा कोरोनाबाट हालसम्म ९२ जनाको मृत्यु

लोकखबर
२०७८ जेष्ठ १७, सोमबार १५:२९

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ । विगत २४ घन्टामा सोमबार आज थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुगढी गाउँपालिकाका एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।
सोमबार मकवानपुरमा पछिल्लो चौबीस घन्टामा एक सय जनामा कोरोना पुष्टि हुँदा १ सय ४९ जनाले कोरोना जितेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको