मदन भन्डारी फाउन्डेशनलाई दिइएको ५० लाख फिर्ता
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भन्डारी फाउन्डेशन नामक संस्थालाई दिएको ५० लाख रुपिया नदिने भएको छ ।
सरकारले आफ्ना कार्यकर्ता पोस्न मनपरी ढंगबाट बजेट दिने निर्णय गरिएको भन्दै प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र नेकपा माओवादी केन्द्रले लगातार विरोध गरेपछि प्रदेश सरकार फाउन्डेसनलाई रकम दिने निर्णयबाट पछि हटेको हो ।
प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत सोमबार बसेको दोस्रो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।