हेटौंडामा निषेधाज्ञा खुकुलो, नियम नमान्ने नियन्त्रणमा
मकवानपुर । मकवानपुरको हेटौंडामा आज शुक्रबारबाट निषेधाज्ञा खुकुलो भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्नका लागि हिजो विहीबारपछि थपिएको निषेधाज्ञालाई केही खुकुलो बनाइएको हो ।
जेठ ३१ गतेसम्म अर्थात् १० दिनका लागि थप गरिएको निषेधाज्ञामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल विहान ४ बजेबाट ९ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, तरकारी पसल स्वास्थ्य सुरक्षाको मापदन्ड पूरा गरेर खुलाउन पाइएपछि बजारमा चहलपहल पनि बढेको छ । हेटौंडा बसपार्कको मासु पसल र ख्वपगल्लीको तरकारी पसल भने खुलाउन नपाइने प्रशासनले जनाएको छ ।
निषेधाज्ञा खुकुलो पारिएपछि आज शुक्रबार विहान जिल्ला प्रशासन कार्यलयल मकवानपुर नेतृत्वको टोलीले हेटौंडा बजार अनुगमन गरेको छ ।
अनुगमनमा निषेधाज्ञा खुकुलो पारिएपनि कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै अटेर गरे कारवाही गर्ने चेतावनी दिइएको छ ।
अनुगमनका क्रममा हेटौंडाकाका व्यापारी हिरालाल केशरी पक्राउ गरेका छन् । भीडभाड गरी व्यापार गरेको पाइएपछि हिरालालाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । कोरोना नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य माददण्ड पालना गराउँन आग्रह गर्दा बजार अनुगमन टोलीलाई उनले अटेर गरेको जनाइएको छ ।
यस्तै, निषेधामा कोरोना संक्रमितको उपचारमा घर अस्पताल गर्न सहजताका लागि वडा वडामा व्यवस्था गरिएको अटो एम्बुलेन्स दुरुपयोग हुन थालेका छन् ।
केही दिन अघि हेटौंडा ८ बाट मासु बोकेको अटो एम्बुलेन्सलाई नियन्त्रणमा लिइएकोमा आज शुक्रबार विहान हेटौंडाको बसपार्कबाट अर्को अटो एम्बुलेन्सलाई पनि नियन्त्रणमा लिइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का लागि अटो एम्बुलेन्सको रूपमा प्रयोग गरिएको ना २ ह १०५९ नम्बरको अटो खाद्यान्न सहित कोरानो संक्रमित बिरामी बाहेक अरु यात्रु बोकेको पाइएपछि अनुगमन हेटौंडा १० बसपार्कबाट नियन्त्रणमा लिएको हो ।