हेटौंडामा रिभर रन

लोकखबर
२०७८ जेष्ठ २१, शुक्रबार २१:०७

मकवानपुर । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा हेटौंडामा शुक्रबार २१ किलोमिटरको रिभर रन सम्पन्न भएको छ ।

कोरोना महामारीले विश्वलाई ग्रसित पारिरहेको बेलामा यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन विश्वभर विभिन्न किसिमका भर्चुवल एभेन्टहरु अन्तर्गत अस्ट्रेलियाली अल्ट्रा धाविका तथा पानी अधिवक्ता मीना गुलीले सन्चालन गरेको वल्र्ड रिभर रन यही जुन २ देखि जुन ५ सम्म आफ्नो नजिक रहेको खोलानालाको वरिपरि ५ किमि देखि ५०किमि सम्मको दुरी पार गर्ने गरी बिश्वभरिको २० हजार भन्दा बढिको सहभागितामा सन्चालन भइरहेको छ ।

सोही कार्यक्रममा नेपालबाट सहभागिता जनाउने क्रममा हेटौडाका केही युवाहरुले पनि त्यस कार्यक्रममा सहभागिता जनाएका छन ।
हेटौंडामा साईक्लिङ्मा सधैजसो देखापर्ने यूवाहरु आज हेटौंडा राप्ती खोलाको पुलदेखी भैसे पुल र फेरि राप्ती पुलमा आई २१ किमिको रिभर रन पूरा गरेका छन् ।

भोलेन्टिएर डट एनपीको संयोजनमा सम्पन्न कार्यक्रममा हेटौंडाका ११ जना युवाहरुको सहभागिता रहेको थियो ।
कोरोनाको कहरको बिच यस्तो किसिमको कार्यक्रममा आवश्यक सावधानीका साथ पहिलो पटक सहभागी हुन पाएकोमा सहभागीहरु हर्षित देखिन्थे र नेपालमा पनि यस्तो खालको कार्यक्रम गर्नु आवश्यक भएको बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको