राक्सिराङबाट लागुऔषध गाँजासहित तीन जना समातिए

लोकखबर
२०७८ जेष्ठ २३, आईतवार ०६:३५

मकवानपुर । मकवानपुरको राक्सिराङबाट १२ किलो ३०० ग्राम लागुऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले राक्सिराङ गाउँपालिका वडा नं. ५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकी पैदल हिंडिरहेकालाई सोधपुछ पर्दा गाँजा फेला परेको हो ।

गाँजासहित पक्राउ पर्नेमा मकवानपुरको कैलास गाउँपालिका वडा नम्बर ७ बस्ने ४७ वर्षिय हिराबहादुर मोक्तान, सोही ठाउँका २४ बर्षीय रामबहादुर मोक्तान र २४ वर्षीय ठाकुर सुनार रहेका छन् । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको