अन्तत : हेटौंडामा खोप लगाइयो

लोकखबर
२६ जेष्ठ २०७८, बुधबार १७:१८

मकवानपुर । बुधबार विहानदेखि हेटौंडा उपमहानगरपालिकाका वडाका स्वास्थ्य संस्थाबाट ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोनाको खोप दिन आवश्यक तयारी भइसकेको थियो । खोप व्यवस्थासहित स्वाथ्यकर्मी तयारी अवस्थामा थिए खोप लगाउन तोकिएका व्यक्ति पनि आउन थालिसकेका थिए । खोप लगाउँन सुरु हुने बेला तिर हेटौंडाका मेयर हरिबहादुर महतले खोप तत्काल रोक्न आदेश दिए । लगाउन ठिक्क परेका स्वास्थ्यकर्मी मेयरको आदेशको दुःखी भए । खोपको आशमा वडा कार्यालयमा गएकाहरु निराश बने । वडा अध्यक्षहरु मेयरको आदेशले चिन्तित बने । खोपका लागि त्यत्रो तयारी भइसकेको अवस्थामा मेयरले किन एक्काशी खोप रोके भन्नेमा उनीहरु सबै आश्चर्यमा परे ।

अब खोप लगाउने कि नलगाउँने भन्नेमा दुविधा भयो सबैतिर । वडा अध्यक्ष लगायत वडाका जनप्रतिनिधी सम्झाई बुझाई अहिलेलाई खोप रोकिएको भनेर सम्झाउन थाले । मेयरको भूमिका राम्रो नभएको प्रतिकृया दिन थाले । सामाजिक सन्जालमा पनि मेयरको कारणले सरकारले राष्ट्रिय रुपमा सुरु गरेको खोप अभियानको हेटौंडामा भने मेयरका कारण प्रभावित बनेको भन्दै मेयर महतको आलोचना भयो । आफ्नो उपमहानगरका सबैलाई पर्याप्त खोप दिनुपर्ने भन्दै मेयरले अहिले अपुग खोप लगाउन अर्थ नहुने बताएका थिए । विहान १० बजे अघि देखि ११ बज्दा नबज्दैसम्म मेयरको अनिच्छाका कारण खोप नलगाइने भनेर नै भनियो । तर पछि फेरि दबाबका कारण मेयर महतले खोप लगाउनु भन्ने आदेश दिए अनि खोप सुरु भयो ।

सरकारले हिजोबाट देशव्यापी रुपमा भेरोसेल नामक कोरोनाको खोपको पहिलो मात्रा लगाउन सुरु गरेको हो । खोप अभियानको पहिलो दिन हिजो मंगलबार मकवानपुरको बागमती गाउँपालिकामा खोप लगाइएको थियो ।

सरकारले काठमाडौं उपत्यकाका हकमा ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई खोप दिएपनि मकवानपुर लगायतका उपत्यका बाहिरका जिल्लाका ६२ देखि ६४ वर्ष उमेरका नागरिकलाई खोप लगाउँन मकवानपुरमा पनि सुरु भएको हो । खोप अभियान सुभारम्भमा मंगलबार बागमती गाउँपालिकाका १७ जनाले खोप लगाएका थिए ।

आज बुधबार भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकाका साथै जिल्लाका अरु ८ वटै गाउँपालिकाहरुमा खोप लगाउने कार्य भएको जनाइएको छ । मकवानपुरका सबै स्थानीय तहका लागि स्वस्थ्य आपूर्ति केन्द्रमार्फत ६ हजार ५ सय भाइल खोप प्राप्त भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*