मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर । पछिल्लो २४ घन्टामा मकवानपुरको हेटौंडामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भन्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको कोभिड उपचार कक्षका संक्रमितको मृत्यु भएको हो ।
अस्पतालका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाभित्रका दुई जना पुरुष हुन् ।
हेटौंडा–१४ का ७५ वर्षीय पुरुष र हेटौंडा–१८ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै, आज बुधबार मकवानपुरमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।











































