आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
मकवानपुर । हेटौंडामा मकवानपुर उद्योग वाणीज्य संघको अगुवाईमा संचालित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको विशेष पहलमा हिमाल मुटु अस्पताल काठमाडौंले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघलाई बुधबार कन्सन्टे«टर हस्तान्तरण गरिएको हो । अस्पतालले बुधबार नै मकवानपुरको राक्सिराङ गाउँपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो ।












































