नेपालमा थप ८१ जनाको मृत्यु, ५७६८ जना संक्रमणमुक्त

मकवानपुर । नेपालमा पछिल्लो २४ घन्टामा थप ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप ४ हजार ३४४ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।यसैबिच, कोरोना संक्रमण भएका थप ५७६८ जना संक्रमणमुक्त भएका छन् ।