हेटौंडामा किशोरीलाई जबरजस्ती करणीको आरोपमा पाँच जनामाथि मुद्दा
मकवानपुर । मकवानपुरको हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा ६ जनामाथि मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–४ बैंक रोडस्थित जुवाको खालबाट नगदसहित पक्राउ परेकाहरुलाई मुद्दा परेको हो ।
खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेका थप एक जनाले किशोरीलाई बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । जुवाको खालबाट संगै पक्राउ परेकी पन्ध्र वर्षिया किशोरीले आफूलाई बन्धक बनाई जबरजस्ती करणी गरेको उजुरी दिएपछि मुद्दा दर्ता भएको हो ।
जुवाको खालबाट किशोरीसहित पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने उजुरीका आधारमा अर्का जनालाई बुधबार विहान पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ पर्नेहरुमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन् । सरकारी वकिलको कार्यालयबाट उनीहरुको अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको जनाइएको छ ।