प्रतिनिधीसभा विघठनसम्बन्धि मुद्दाको फैसला असार तेस्रो सातासम्म हुने

लोकखबर
२६ जेष्ठ २०७८, बुधबार २०:५७

मकवानपुर । प्रतिनिधीसभा विघठन सम्बन्धि मुद्दाको छिनोफानो आगामी असार तेस्रो सातामा हुने देखिएको छ ।

सर्वोच्चमा अदालतले बुधबार सुनुवाई गर्दै कानून व्यवसायीलाई समय निर्धारण गरिदिएपछि जतिसक्दो चाँडो विघठन सम्बन्धि मुद्दालाई छिनाफानो गर्ने मुडमा सर्वोच्च रहेको बुझ्न सकिन्छ । बसहका लागि इजलाशले पक्ष, विपक्ष र एमिकसको वादप्रतिवादको समय ३२ घण्टा तोकिदिएको छ ।

अब असार ९ गतेबाट निरन्तर सुनुवाई हुने भएपछि कार्यालय समयमा चिया ब्रेकका लागि समय छुट्याएर दैनिक ४ घन्टा सुनुवाइका लागि समय तोकिएकाले ३२ घन्टा बित्न ८ दिन लाग्छ । असार ९ गतेबाट निरन्तर बहस हुँदा १७ असारमा बहस सकिन्छ । छलफलका लागि अरु केही दिन लाग्यो भने असारको तेस्रो सातासम्ममा यो मुद्दा छिनोफानो हुन अनुमान गर्न सकिन्छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*