आज बागमती प्रदेशसभाको बजेट अधिवेशन : यस्तो छ विपक्षीको तयारी

लोकखबर
२७ जेष्ठ २०७८, बिहीबार ०६:०४

मकवानपुर । बागमती प्रदेशसभाको आठौं बैठक अधिवेशन आज दिउशो ३ बजे हुदैछ ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिकरण गर्ने तयारी छ ।

प्रदेशसभाको गत जेठ १६ र १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताको विषयमा छलफल गरिएपछि अनिश्चितकालको लागि स्थगित भएको थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५४ अर्बको बजेट ल्याउने तयारी गरेको जनाइएको छ । यता, सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आफूहरुलाई पेलेर बजेट पास गर्न खोजे मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएको छ ।

पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले आफूहरुलाई पेलेर सरकारले बजेट ल्याए सरकार ढाल्ने र नयाँ सरकार गठन गर्न आफूहरु लागिपर्ने चेतावनी दिएका छन् । नेता जम्मकट्ट्लले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रमुख प्रतिपक्षी दलले दिएको सुझाव अनुसार ल्याउनुपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*