मनहरीमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आज शुक्रबार मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
मनहरी गाउँपालिका वडा नम्बर ६ बाट रुपाचौर जाने सडकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते हुनेहरुमा चितवन राप्ती नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय चित्रबहादुर लामा र ३३ वर्षीया लक्ष्मी लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चित्रहादुरको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार लु ६२ प १००६ नम्बरको मोटरसाईकल सडकबाट अन्दाजी एक सय मिटर तल खसेको हो ।
दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।