‘पशुपति चौलागाईं स्मृति अस्पताल’ नामकरण गर्न सांसद पाण्डेको माग
मकवानपुर । बागमती प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले दोलखाको चरिकोटमा रहेको अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल’ नामकरण माग गरेका छन् ।
बागमती सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा छलफलका लागि सदनमा पेश गरेपछि आफ्नो धारणा राख्दै सांसद पाण्डे कोरोनाका कारण निधन भएका सांसद चौलागाईंको नाममा अस्पताल सन्चालन गर्न माग गरेका हुन् ।
संसदमा आफ्नो धारणा राख्दै उनले बहुवर्षिय र क्रमागत योजनामा मात्र बजेट विनियोजन गरेपछि मात्र अन्य योजनालाई बजेट विनियोजन गर्ने भनिएको बुँदा हटाउनुपर्ने सुझाव दिए । उनले प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला र ६६ वटै निर्वाचन क्षेत्रको विकासका लागि ध्यान दिनुपर्नेमा पक्षपातमा लागेको आरोप लगाए ।











































