गणेश लामा पक्राउप्रति इन्द्र बानियाको आपत्ति
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर आपत्ती जनाएका छन् ।
नेता बानियाँले एक विज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए ।
लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिएपनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको नेता बानिायले दाबी गरेका छन् ।