नरोत्तमले वैद्यले मागे माफी

लोकखबर
२९ जेष्ठ २०७८, शनिबार १२:५२

मकवानपुर । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले बोलेको अभिव्यक्तिप्रति माफी मागेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभामा सदस्य वैद्यले प्रदेशसभा बैठकमै आज शनिबार माफी मागेका हुन् ।
आफूले आवेशमा आएर बोलेको अभिव्यक्ती गलत भएको वैद्यले बताए । सांसद वैद्यले आफ्नो अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन पनि भनेका छन् ।

नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला सांसद वैद्यले शुक्रबार हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नुपर्ने र कोही तयार नभए आफू तयार रहेको आशय राखेर बोलेका थिए ।

उनले बोलेको विषयलाई लिएर सामाजिक संजालमा उनको विरोध भइरहेको छ । नेपाली कांग्रेस पार्टी केन्द्र र बागमती प्रदेश संसदीय दलले पनि उनलाई मागी माग्नका लागि निर्देशन दिएको थियो ।

यता, सत्तारुढ एमालले उनलाई कारवाही गर्न माग गरेको छ । उनको अभिव्यक्तिको विरोध गर्दै एमालेका विभिन्न मातृ संगठनले बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदेर्शन गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*