हेल्प डेक्सद्वारा रक्तदान, ४७ जनाले दिए रगत
मकवानपुर । विश्व रक्तदाता दिवसका अवसरमा कोभिड १९ हेल्प डेक्स, मकवानपुर र पल्पसा आइसोलेसन सेन्टरले रक्तदान आयोजना गरेको छ ।
कार्यक्रममा ४७ जनाबाट रक्तदान गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि रक्तदान गरिएको आयोजकको भनाई छ ।
कार्यक्रमको रेडक्रस मकवानपुरले समन्वय गरेको हो ।