बागमती प्रदेश युवा परिषद उपाध्यक्षमा सन्तोष चौलागाई नियुक्त

लोकखबर
४ असार २०७८, शुक्रबार १२:१५

मकवानपुर । बागमती प्रदेश युवा परिषद् उपाध्यक्षमा मकवानपुरका युवा नेता सन्तोष चौलागाईं नियुक्त भएका छन् ।

चौलागाईंले बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले आज शुक्रबार पद तथा गोपनीयतको शपथ गराएकी छिन् ।
युवा परिषद् अध्यक्षमा सामाजिक विकासमन्त्री नै रहने प्राबधान छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितीमा चौलागाईंले सपथ ग्रहण गरेका हुन् ।

नियुक्ती पछि उपाध्यक्ष चौलागाईंले प्रदेशका १३ वटै जिल्लामा युवाका सवाल तथा विकासका लागि कार्य गरिने बढाए । ‘युवालाई स्वरोजगार बनाउँने अभियानमा लागिपर्नेछु । सबै युवालाई समेटेर उनीहरुको हित हुने कार्ययोजना अघि बढाउनेछु ।’ चौलागाईंले लोकखबरसंग भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*