मौसम अपडेट:

बागमती प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने

लोकखबर
६ असार २०७८, आईतवार ०६:५५

मकवानपुर । आज बागमती प्रदेशका विभिन्न ठाउँ लगायत देशका विभिन्न प्रदेशको मौसम बदली भई वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २ तथा बागमतीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने तथा प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा भने अति भारी वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा गेग्रान बहाव हुन सक्ने जोखिम रहेको छ । जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको तथा दक्षिणी भू–भागनजिक मनसुनी न्यून चापीय रेखा रहेको महाशाखाले जनाएको छ । अहिले देशभर बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*