बागमती सहितका प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

मकवानपुर । आज बागमती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशसहित प्रदेश १ र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको तथा सो प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्नेछ ।
देशभरको मौसमको विवरण अनुसार आइतबार सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी हुनसक्ने महाशाखाको अनुमान छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।
यतिबेला अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ को थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।