मकवानपुरमा आजबाट एक साताका लागि निषेधाज्ञा थपिदै

लोकखबर
२०७८ असार १४, सोमबार ०६:१२

मकवानपुर । मकवानपुरमा आज सोमबार असार १४ गतेबाट एक साताका लागि निषेधाज्ञा थप हुदैछ ।

कोभिड–१९ महामारी नियन्त्रणको लागि गत बैशाख २१ गतेबाट मकवानपुरमा निषेधाज्ञा लागू थियो ।

अब निषेधज्ञालाई थप सहज बनाईने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको कारण बन्द रहेका थप तीन ब्यवसायलाई दिउँस १२ बजेबाट ४ बजेसम्म सञ्चालनमा आउने छन् ।

यसअघिको निषेधाज्ञाका समयमा अधिकांश व्यवसाय सञ्चालनमा आएको थियो । सामेबार असार १४ गतेबाट फर्निचर, सुनचाँदी पसल तथा कस्मेटीक व्यवसायहरु सञ्चालनामा आउने उनले बताए । निषेधाज्ञामा विद्यालय, टिउसन इन्सिच्युट, पार्टी प्यालेस, होटल, लज, सार्वजनिक यातायात, जिम हाउस, ब्युटि पार्लर, शैलुन लगाएतका संघिय सरकारले बन्द गरेका सस्थाहरु भने बन्द रहनेछन् ।

गत बैशाख ८ गते रातीबाट लाग् हुने गरि असार १४ गते राती १२ बजेसम् थप भएको निषेधाज्ञालाई असार १४ गतेबाट थप एक हप्ता थपिन लागिएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको