बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

लोकखबर
२०७८ असार १६, बुधबार ०६:३८

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते ल्याएको बजेट बारेको छलफल गर्न प्रदेशसभाको बैठक भोलि बुधबार असार १७ गते बस्ने भएको छ ।

बजेटबारे छलफल अघि नबढी अनिश्चितकालका लागि स्थगित बैठक दिउशो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटका विषयमा बैठकमा छलफल हुने बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

विहीबार बस्ने बैठकको तयारीका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक आज असार १६ गते बस्ने भएको छ ।

समितिको बैठक विहान ११ बजेका लागि बोलाईएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको