बागमती प्रदेशसभा बैठक : बजेटमा सत्ता पक्षको स्वागत, विपक्षीको विरोध

लोकखबर
२० असार २०७८, आईतवार ०७:००

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज आइतबार असार १९ गते विहान ११ बजेका लागि बस्दैछ ।

प्रदेशसभामा शनिबार एकैदिन तीन वटा बैठक भएका छन् ।

प्रदेशसभामा शनिबार प्रदेश मामिलाका सम्बन्धमा विषेश समयमा दलगत रुपमा प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने दोस्रो बैठकमा प्रदेश सरकारले असार १ गते संसमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट माथि छलफल गरिएको थियो ।
बैठकमा सत्तापक्ष नेकपा एमालेका सांसदहरुले सरकारले ल्याएको बजेट सान्दर्भिक भन्दै समर्थन जनाएका छन् ।

उनीहरुले कोरोना नियन्त्रण, स्वास्थ्य, शिक्षा, कृषिका क्षेत्रमा सरकारले प्रभावकारी बजेट ल्याएको भन्दै स्वागत गरेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रदेश सरकारले जनताको चाहाना विपरितको बजेट आएको बताएका छन् ।

प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले प्रदेश सरकार सत्ता र शक्तिको आडमा जनतामाथि अन्याय गर्न लागिपरेको आरोप लगाएका छन् ।
प्रदेशसभाको तेस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई समटेरे आफूहरु अघि बढ्ने उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*