मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३१ पुग्यो
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३१ जना पुगेको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ३१ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर २ का ७८ वर्षीय एक पुरुष रहेका छन् । यस्तै,जिल्लामा पछिल्लो २४ घण्टामा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने मकवानपुरमा पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा बसेको ९९ जना सोमबार संक्रमणमुक्त भएका हुन् । मकवानपुरमा हालसम्म ११ हजार ३ सय २६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, अहिलेसम्म १० हजार ३ सय ७७ जना संक्रमणमुक्त भएका हुन् ।
मकवानपुरमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १० हजार ३ सय ७७ जना पुगेको जनाइएको छ ।