कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा
मकवानपुर । २२ असार, काठमाडौं । कोभिड(१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा मंगलबारदेखि लगाउन सुरु गरिएको छ ।
चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
भेरोसेल खोपको दोस्रो मात्रा लगाउन काठमाडौंको नयाँ वानेश्वरस्थित निजामती कर्मचारी अस्पताल खोप केन्द्र तोकिएको छ । यहाँ सयौं सर्वसाधारण खोपको प्रतीक्षामा लाइन बसेका छन् । अस्पताल परिसरभित्रबाट सुरु भएको लाइन गेटबाहिर पनि ५०० मिटर भन्दा लामो बनेको छ ।अनलाइनखबर डटकमबाट