आजदेखि धेरै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

लोकखबर
२०७८ असार २३, बुधबार १२:५०

मकवानपुर । आजदेखि फेरि वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार आगामी २र३ दिन देशभर मनसुन सक्रिय हुने देखिएको हो।
‘हल्कादेखि मध्यसम्म वर्षा देशभर हुने सम्भावना छ भने गरी लुम्बिनीदेखि प्रदेश १ सम्म अलि बढी वर्षा हुने देखिएको छ,’ मौसमविद् अर्यालले बुधबार बिहान नेपालखबरसँग भने, ‘सुदूरपश्चिम र कर्णालीमा केही कम हुने देखिएको छ।
यो खबर लेखिरहँदा ९बुधबार बिहान० पनि प्रदेश १, २, बागमती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ भने लुम्बिनीका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि देखिएको छ।
‘आज दिउँसो प्रदेश १ का एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘यस्तै राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुने देखिएको छ।’
मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ, ‘प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना देखिन्छ। त्यसैले उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार आगामी ३ दिन यस्तो छ वर्षाको सम्भावना
असार २३ गते बुधबार
दिउँसोः प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना छ।
रातिः प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
असार २४ गते बिहीबार
दिउँसोः प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १,२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
रातिः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
असार २५ गते शुक्रबार
दिउँसोः देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
रातिः प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको