बैतडीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

लोकखबर
२३ असार २०७८, बुधबार १३:१२

मकवानपुर । बैतडीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय राजबहादुर चन्द रहेका छन् । चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन् ।
ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका–५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।अनलाइन खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*