हाइटीका राष्ट्रपति होभिनेल मोइजको बुधबार बिहानै हत्या
मकवानपुर । उत्तर अमेरिकी राष्ट्र हाइटीका राष्ट्रपति होभिनेल मोइजको बुधबार बिहानै हत्या भएको छ।
हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ।
राष्ट्रपति मोइजको निजी निवासमै बुधबार बिहान १ बजे हत्या भएको त्यहाँका प्रधानमन्त्री क्लाउडे जोसेपले बताएका हुन् ।
प्रधानमन्त्रीले निकालेको विज्ञप्तीमा हत्याको पुष्टि गरिएता पनि कसले हत्या गरेको भनेर बताइएको छैन।
यद्यपी आक्रमणकारीहरुको समूह स्पेनिस भाषा बोल्ने व्यक्तिहरु भएको जनाइएको छ। गोलाबारीबाट राष्ट्रपतिमाथि आक्रमण भएको थियो।
बन्दुको गोलीबाट फर्स्ट लेडी पनि घाइते भएको बिजनेस इन्साइडरको समाचारमा जनाइएको छ।
प्रधानमन्त्री जोसेपले राष्ट्रपतिको हत्यालाई ‘बदमाश, अमानवीय, र बर्बर’ आक्रमण भनेका छन्।नेपालखबर डटकमबाट