कोरोना भाइरसका कारण विश्वभर ४० लाखभन्दा बढीको मृत्यु

लोकखबर
२०७८ असार २४, बिहीबार १३:१२

मकवानपुर । कोरोना भाइरस ‘कोभिड १९’ का कारण विश्वभर ४० लाखभन्दा बढको मृत्यु भएको छ।
जोन्स हपकिन्स विश्व विद्यालयका अनुसार बिहीबार मृत्युको संख्या ४० लाख नाघेको हो।
हालसम्म कोरोनाका कारण अमेरिकामा धेरै मानिसको ज्यान गएको पनि सो विश्व विद्यालयले जनाएको छ।
अमेरिकापछि भारतमा धेरै मानिसको ज्यान गएको पनि उल्लेख गरिएको छ। तथ्यांकअनुसार अमेरिकामा ६ लाखभन्दा बढीको कोरोनाको कारण मृत्यु हुँदा भारतमा ४ लाखभन्दा बढीको ज्यान गएको छ।
४० लाख भन्दा बढीको कोरोनाले ज्यान लिएपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुःख व्यक्त गर्दै विश्वभर कोरोना खोप समान रुपमा बाँडिनु पर्ने र मानिसहरु एक भएर अगाडि बढे कोरोना परास्त गर्न सकिने बताएका छन्।अनलाइन खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको