पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

लोकखबर
२४ असार २०७८, बिहीबार १५:१५

मकवानपुर । अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका(१७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार चौधरीसहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।
घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै मृतक शिशुको शवलाई परीक्षणका लागि प्रतिष्ठानमा राखिएको छ ।अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*