प्रदेश २ : निर्वाचन क्षेत्र विकास कोषमा सांसदलाई ४ करोड दिइने, बजेटमाथिको छलफल आजबाट

लोकखबर
२५ असार २०७८, शुक्रबार १२:३३

मकवानपुर । आजदेखि प्रदेश २ सरकारले ल्याएको बजेटमाथि छलफल हुने भएको छ । लगातार दुई पटक स्थगित भएको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८र०७९ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभाका निमित्त सचिव रञ्जित यादवले जानकारी दिए ।
नेकपा एमाले र माओावादी केन्द्रका प्रदेशसभा सदस्यहरूले निर्वाचन क्षेत्र विकास कोषको रकम बढाउनुपर्ने माग गर्दै आएका थिए । माग पूरा नभएसम्म बैठक बस्न नदिने उनीहरूको अडान थियो । त्यस्तै रातो किताब तयार नहुँदा दुई पटक बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो ।
प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई साढे २ करोड बजेट दिनुपर्ने एमाले र माओवादीका सांसदहरुको माग छ । एमालेका एक सांसदका अनुसार सत्ता पक्ष प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई डेढ करोड दिन तयार भएको छ ।
‘लिखित रूपमै सहमति त भइसकेको छैन । हाम्रा दलका नेताले प्रत्यक्ष निर्वाचितलाई ४ करोड र समानुपातिकलाई डेढ करोड दिने सरकारसँग सहमति भएको जानकारी गराउनुभएको छ । तर, मौखिक सहमतिको भर पनि छैन,’ उनले भने ।
निर्वाचन क्षेत्र विकास अन्तर्गत सांसदहरूको रकम नबढाइए प्रदेशसभा बैठक बस्न नदिने दुवै दलले अडान लिएपछि सत्ता पक्षसँग पटक(पटक छलफल भएको छ । तर, ठोष निर्णय भने भइनसकेको माओवादीका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।
सत्ता पक्षले २५र५० लाख बढाउने कुरा गरिरहेको छ । तर कति बढाउनेबारे हामीसित ठोस सहमति भएको छैन । छलफल चलिरहेकै छ,’ उनले भने । असार १ गते निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउन माग गर्दै एमाले र माओवादी केन्द्रले बजेट टेबल हुन रोकेपछि मुख्यमन्त्री लालबाबु राउतले सांसद क्षेत्र विकासका लागि रकम बढाउने आश्वासन दिएका थिए ।
राउतको आश्वासनपछि आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई बजेट टेबुल गर्न दिइएको थियो ।शिलापत्र डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*