चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप, कुन–कुन प्रदेशमा लागिँदै छ ?
मकवानपुर । सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए ।
खोप लिन नेपाल एयरलाइन्सको जहान बिहीबार चीन गएको थियो । ुननडिस्क्लोज एग्रिमेन्टुमा खोप खरिद गरिएकाले मात्रा र मूल्य गोप्य राखिएको छ ।
आज नै तीन प्रदेशमा खोप लगिने
डा। गौतमले पोखरा, हेटौडा र बुटवलामा आज नै खोप पु¥याइने बताए । अहिले आएको खोप कसलाई दिने भन्ने निर्णय भएको छैन । ‘खोप आएको छ । अब कसलाई दिने निर्णय गछौं,’ उनले भने ।
विज्ञहरले भने ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिन सुझाव दिएका छन् । ‘अहिलेको खोप ५५ वर्ष माथिकालाई दिन पुग्छ,’ खोप विज्ञ डा। श्यामराज उप्रेतीले भने ।
यसअघि चीनले १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो ।शिलापत्र डटकमबाट