समाज लघुवित्तमा लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक

लोकखबर
२५ असार २०७८, शुक्रबार १३:४९

मकवानपुर । समाज लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताहरुको पुँजी १० महिनादेखि बन्धक बनेको छ । समाज लघुवित्तले १० महिनाअघि सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० जारी गरेको थियो ।
आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाई यस संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको थियो । ६ असोजमा मर्जर सम्झौता गरेपनि मर्जरको काम भने निकै लामो समयसम्म यस संस्थाले सम्पन्न गर्न सकेको छैन ।
दुई संस्थाहरुबीच मर्जर सम्पन्न नहुँदा समस्यामा भने लगानीकर्ताहरु परेका छन् । मर्जर सम्पन्न भएपछि मात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ३ महिना भन्दा ढिला भए राष्ट्र बैंकसँग समथ थपका लागि अनुमति लिनुपर्ने बताउँछन् । यी दुई संस्थाको विषयमा समय थप भए नभएको बारेमा बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।
समाजका सीईओ किशोरी महतो मर्जरको विषयमा सकारात्मक छैनन् । संस्थाको सीईओ भए पनि सञ्चालक समितिमा समेत महतो निकै बलिया छन् । आफू र श्रीमती सावित्री महतोको नाममा कुल पुँजीको १५ प्रतिशत हिस्सा सेयर लिएका उनले आफ्नै नातेदारहरुलाई नै सञ्चालक समितिमा राखेका छन् ।
संस्थाको सञ्चालक रहेका सरोजकुमार महतो उनकै भान्जा नाता पर्ने हुन् । उनकै कारणले मर्जर प्रक्रियामा ढिलाई भइरहेको संस्थाकै सञ्चालकहरुको आरोप छ । तर सीईओ महतोले पनि मर्जरमा ढिलाई भएको भए पनि आफ्नै कारणले मात्रै भने ढिलाइ नभएको बताए । आफ्नो १५ प्रतिशत सेयर रहेको पनि स्वीकार गरेका उनले सञ्चालक आफ्नो नाता परे पनि गलत मनसायले नभई कानूनी प्रक्रिया पुरा गरेर सञ्चालक भएको बताए ।
मर्जर पनि जतिसक्दो चाडो होस् भन्ने पक्षमा आफू रहेको बताए । ‘म त जतिसक्दो चाडो होस् भन्ने पक्षमा नै छु, तर विभिन्न कारणले ढिलो भएको छ’ उनले भने, ‘विभिन्न बहानाबाजी गरेर मेरोमात्रै समस्या छ जस्तो देखाइयो, तर त्यो यथार्थ होइन म मर्जरको पक्षमा छु ।’
लगानीकर्ताको पुँजी लामो समय बन्धक भएकोमा आफूलाई पनि दुःख लागेको बताए । हतार(हतारमा मर्जर सम्झौता भएको र मर्जरमा हस्ताक्षर गरेको २४ घण्टाभित्र नै जानकारी नेपाल स्टक एक्सचेन्जमा जानकारी दिनु पर्ने भएकाले रोक्का भएको उनले बताए ।अनलाइनखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*