चीनबाट खरिद कोरोनाविरुद्धको खोप आजै पोखरा, बुटवल, हेटौडा पुर्‍याइँदै

लोकखबर
२०७८ असार २५, शुक्रबार १५:२५

मकवानपुर । चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो ।
सरकारले ४० लाख मात्रा खरिद सम्झौता पहिलो खेपमा आठ लाख मात्रा खोप आइपुगेको परिवार कल्याण महाशाखाका अन्तर्गत खोप शाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । अब सरकारले सम्झौता गरेअनुसार यसपछि नेपाल एयरलाइन्सको जहाजमार्फत खोप ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोपको नन डिस्क्लोजेवल एग्रिमेन्ट गरेको हो । शुक्रबार नै कोरोनाविरुद्धको भेरोसेल खोप पोखरा, हेटौडा, बुटवल पठाउनका लागि तयारी गरिरहेको प्रमुख डा। गौतमले जानकारी दिए ।
खोप टेकुस्थित खोप भण्डारण केन्द्र, पथलैया भण्डारण केन्द्रहरू केन्द्रीय स्तरका भण्डारण केन्द्र हुन् । यससँगै हेटौँडा, पोखरा, बुटवल, विराटनगर, नेपालगन्ज, सुर्खेत र धनगढीमा पनि क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको