पुर्वाञ्‍चल विश्वविद्यालयको परीक्षा साउन १० गते सर्‍यो

लोकखबर
२५ असार २०७८, शुक्रबार १६:३८

मकवानपुर । पुर्वाञ्‍चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्‍न संकायहरुको परीक्षा सारेको छ ।
विश्‍वविद्यालयले शुक्रबार सूचना जारी गर्दै पुर्वनिर्धारित तालिका अनुसार यही असार ३१ गतेदेखि लिने भनेको परीक्षा साउन १० गतेका लागि सारेको हो ।
परिस्थिति अनुकुल नभएको भन्‍दै परीक्षा सारिएको परीक्षा नियन्त्रक प्रा।डा। सूर्यप्रसाद संग्रौलाले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्‍न सेमेष्टरका परीक्षाहरु मिति २०७८।०३।३१ गते देखि सञ्‍चालन हुने परीक्षा सञ्‍चालन गर्न अनुकुल नभएकाले मिति २०७८।०४।१० गतेदेखि सञ्‍चालन हुने व्‍यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’अनलाइनखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*