अहिले विहान आउला त एमाले एकताको सुखद् खबर ?

लोकखबर
२७ असार २०७८, आईतवार ०६:११

मकवानपुर । विभाजनको डिलमा पुगेको नेकपा एमाले एकताको सुखद् खबर आज आइतबार विहान आउने बताइएको छ ।

हिजो शनिबार पार्टी एकताका लागि सक्रिय कार्यदलको बैठकले पार्टी एकताका लागि सहमती गरेको भन्दै आइतबार एकताको घोषणा तयारी गरेको बताइएको छ ।
माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावल बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको बताए ।

नेपाल पक्षकै अर्का नेता गोकर्ण विष्टले पनि आइतबार पार्टी एकताको सन्देश दिन सफल हुने बताउँदै अब सार्थक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

पार्टी विवादबारे कार्यदलमा भइरहेको सहमति र प्रक्रियाबारे कार्यदल सदस्यहरुले शनिबार वरिष्ठ नेता माधवकुमार नेपालसहितका स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरिएको छ । यस्तै, ओली समूहका नेताहरुले पनि बालुवाटारमा पुगेर सहमतिबारे अध्यक्ष ओलीलाई ब्रिफिङ गरेको जनाइएको छ ।

कार्यदलका ओली पक्षका सदस्य सुवास नेम्वाङ्ले आइतबार विहान ८ बजे एकताको सुखद् समाचार आउने घोषणा गरेका छन् ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*