मकवानपुरगढीका किसानलाई कृषिकर्जा कार्ड, व्यवसायिक कृषि कर्मका लागि दिइयो दुई-दुई लाख

लोकखबर
२७ असार २०७८, आईतवार ०८:३९

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषकलाई ऋण लिएर कृषिकर्म गर्न सहजीकरण थालेको छ । यसका लागि पालिकाले कृषकहरुलाई ऋषि ऋण कार्ड वितरण थालेको हो ।

गाउँपालिकाले पालिकाका साना तथा सिमान्तकृत कृषकलाई बैंकबाट ऋण लिनका लागि कृषि ऋण कार्ड वितरण गरेको पालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

प्रमुख चौधरीका अनुसार पालिकाका ८ जना महिला र १७ जना पुरुष गरी २५ जना कृषकलाई कार्ड प्रदान गरिएको हो ।

अबका दिनमा पालिकाका अरुलाई पनि कार्ड वितरण गरिने प्रमुख चौधरीको भनाई छ । कार्ड प्राप्त गरेका प्रति कृषकलाई दुई-दुई लाख लाख रुपिया ऋण दिइएको छ । उनीहरुले यो ऋणबाट कृषिकर्म गर्नेछन् ।

बिना धितो सहुलियत ब्याज दरको ऋण प्रदान गरिएको हो । कृषिकर्जाबाट कृषि तथा पशुपालन क्षेत्रमा पालिकालाई थप कृषिमा अग्रसर गराइने अपेक्षा गरिएको पालिकाका अध्यक्ष विदुर हुमागाईंको भनाई छ।

कृषि ऋण कार्ड कार्यक्रमका लागि मकवानपुरगढी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति, नेपाल बंगलादेश बैंक लि. र आर एण्ड डि ईनोभेटिभ सोलुशन प्रा.लि.बीच चोपक्षीय सहमती भएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*