कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल

लोकखबर
२७ असार २०७८, आईतवार ११:१३

मकवानपुर । यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ।
नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो। अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेको गोल नै जितका लागि निर्णायक बनेको हो।
यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भएका छन्। साथै उनले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ।
यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन्। तर उपाधि जित्न सकेका थिएनन्। नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*