युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ

लोकखबर
२०७८ असार २७, आईतवार ११:५४

मकवानपुर । हाल भइरहेको यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका(५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका(२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका(११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका(१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका(१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।
युरोकप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरू उपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । नेपालप्रेस डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको