देशभरका पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने पाँच विद्यार्थी संगठनको घोषणा

लोकखबर
२०७८ असार २७, आईतवार १६:३१

मकवानपुर । पाँच विद्यार्थी संगठनहरूले यही असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्यांकर चल्न रोक लगाउने चेतावनी दिएका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरूले असार २८ गतेदेखि नेपाल आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्यांकर सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन्।
यसअघि असार २४ गते विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएका थिए।
आइतबार पत्रकार सम्मेलन गरी नेविसंघ, अखिल ९क्रान्तिकारी० अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल ९छैठौं० ले असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने बताएका हुन्।
उनीहरूले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति ज्ञानेन्द्र गिरीले अनियमितता गरेको भन्दै गिरीलाई बर्खास्त गर्न माग गरेका छन्।
विद्यार्थी संगठनहरूले हिमालयन इन्सुरेन्सलाई लाइसेन्स दिँदा एक अर्ब बढीको आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन्।
पाँच विद्यार्थी संगठनहरूद्वारा वितरित प्रेस विज्ञप्तिमा नेपाल वायु सेवा निगमको निजीकरणका विषयमा संलग्न मन्त्रालयका कर्मचारी र महाप्रबन्धकलाई बर्खास्त गर्न माग गरिएको छ।
यस्तै, एसईई तथा कक्षा १२ को परीक्षामा देखिएका समस्या समाधान गर्न माग गरिएको छ भने विश्वविद्यालयले लिनुपर्ने सम्पूर्ण परीक्षाहरू, एमफील र पीएचडीका समस्या तथा नयाँ विषयका निजीकरणका समस्याका बारेमा संयुक्त डेलिगेसन गइ विश्वविद्यालयको नेतृत्वसँग छलफल भएको तर, त्यसप्रति वेवास्ता गरिएको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिइएको छ। नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको