रूपा सुनारलाई मुद्दा लड्न ककसले सहयोग गरिरहेका छन्?

लोकखबर
२७ असार २०७८, आईतवार १६:४५

मकवानपुर । काठमाडौंमा डेरा खोज्ने क्रममा घरधनीले जातीय भेदभाव गरेको भन्दै सञ्चारकर्मी रूपा सुनार न्यायका लागि मुद्दा लडिरहेकी छन्।
सुरुमा घरधनी सरस्वती प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त ९सिंहदरबार० मा उजुरी दिएकी उनले पछिल्लो समय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी छन्। जसको सुनुवाइसमेत गरेर अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाइसकेको छ।
उनको उजुरीका आधारमा घटना अनुसन्धानका लागि प्रहरीले घरधनी प्रधानलाई पक्राउ गरे पनि त्यसको ३ दिनमै शिक्षामन्त्री श्रेष्ठ आफैं पुगेर उनलाई छुटाई आफ्नै सरकारी गाडीमा हालेर घर पुर्याइदिएका थिए। त्यसपछि चौतर्फी विरोध खेपेका शिक्षामन्त्रीविरुद्ध समेत सञ्चारकर्मी सुनारले सर्वोच्च अदालतमा मुद्दा हालेकी हुन्।
न्यायाधीश कुमार रेग्मीको इजलासले शिक्षामन्त्री श्रेष्ठलाई लिखित जवाफ पेस गर्न आदेश दिइसकेको छ।
धेरैलाई जिज्ञासा हुन सक्छ– रूपा सुनारलाई मुद्दा लड्न ककसले कस्ता सहयोग गरिरहेका छन् तरु
सुनौं, रूपा सुनारकै शब्दमा–
ममाथि भएको जातीय विभेदको घटनामा न्यायिक प्रक्रियामा अगाडि बढ्नका लागि आर्थिक सहयोग गर्छु भनेर केही न्यायप्रेमी व्यक्ति एवं संस्थाहरूले सम्पर्क गरिरहनुभएको छ। केहीले ‘सहयोग संकलन अभियान नै थाल्ने कि भनेर फोनरम्यासेज गरिरहनुभएको छ। यसरी चासोरचिन्ता लिनुहुने सबैप्रति म आभारी छु। जातीय विभेदविरुद्धको यो लडाइँमा सबैले यसरी साथ दिँदा मलाई झनै आँट मिलेको छ।
तर यतिबेला यो घटनाको हकमा भने अधिवक्ता मोहन साशंकको नेतृत्वमा कानुन व्यवसायीहरूले निःशुल्क रूपमा यो मुद्दा लडिरहनुभएको छ। अन्य कार्यक्रमको आयोजना गर्दा ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’, ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौं’ र ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपाल’ले नै सबै व्यवस्थापन गरिरहेका छन्। कानुनी प्रक्रियामा आइपर्ने अरू केही कागजपत्र प्रिन्टरफोटोकपी गर्न अधिवक्ता मोहन साशंकर आफैंले खर्च गरिरहनुभएको छ। मलाई यताउता हिँड्दा लाग्ने खर्च म आफैंले व्यवस्थापन गर्न समस्या छैन।
त्यसो हुँदा यो घटनामा लड्न मलाई व्यक्तिगत रूपमा आर्थिक समस्या नरहेको जानकारी गराउँदै यस विषयमा चासो÷चिन्ता जनाउनु हुने सबै न्यायप्रेमीहरूमा फेरि पनि कृतज्ञता व्यक्त गर्दछु।नेपालखबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*