युनिषको जन्मदिनमा ओम वृद्दाश्रमलाई सहयोग

लोकखबर
२०७८ असार ३०, बुधबार १८:४०

मकवानपुर । मकवानपुरको हेटौंडा १, चाइनाक्वाटरका युनिष तामाङको जन्म दिनका अवसरमा आज हेटौंडा १, चौकीटोलमा रहेको ओम वृद्दाश्रमलाई आर्थिक सहयोग गरिएको छ ।

तामाङ दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आश्रमलाई १० हजार एक सय पाँच रुपिया आर्थिक सहयोग गरिएको हो ।
जन्मदिनका अवसरमा सहयोग गर्न आज विहान ओम वृद्दाश्रममा युनिष आमा कोपिला तुम्सिङ, ठूली आमा बिजुला श्रेष्ठ, दाई युनिक श्रेष्ठ सहित वृद्दाश्रममा गएका हुन् ।

आफ्नो छोराको जन्म दिनका अवसरमा सामाजिक अभियानमा जोडिन पाउँदा आफूलाई खुशी लागेको आमा कोपिलाले बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको