मकवानपुरमा थप ७५ जनालाई कोरोना
मकवानपुर । मकवानपुरमा पछिल्लो समय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २५६ जनाको कोरोना परीक्षण गरेकोमा ७५ जनामा संक्रमण पुष्टि भएको पाइएको हो ।
यस्तै, बुधबार ६९ जना कारोना संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ४० जना,थाहानगरमा ९ जना,बकैयामा ६ जना मकवानपुरगढीमा २ जना,बागमतीमा ४ जना र कैलाश र भीमफेदीमा १/१ जना संक्रमणुमक्त भएका हुन् ।