तीन दिनसम्म पानी पर्ने सम्भावना
मकवानपुर । अबको तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने पूर्वानुमान गरिएको छ ।
आज आइतबारदेखि तीन दिनसम्म देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार मुलुकका केही भेगमा भने भीषण वर्षा हुन सक्नेछ । बागमती प्रदेशका साथै प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका केही स्थानमा आइतबार दिउशो भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको जनाइएको छ ।