देउवाले विश्वासको मत पाउँलान् ? यस्तो छ अंक गणित

लोकखबर
३ श्रावण २०७८, आईतवार १०:५३

मकवानपुर । दोस्रो पटक पुनस्र्थापित प्रतिनिधीसभाको बैठक आज आइतबार अपरान्ह ४ बजे बस्दैछ ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि उनले आजै विश्वासको मत लिने तयारी भएको बुझिएको छ ।

देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत लिनका लागि १३६ मत चाहिन्छ । देउवालाई कांग्रेसका ६३ मध्ये ६१ जनाले मत दिन पाउनेछन् । कांग्रेसका दुईजना सांसद अहिले निलम्बित अवस्थामा छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चारजना बर्खास्तमा परेको अवस्था छ । यस्तै, स्वतन्त्र रुपमा जितेका एक सांसद छक्कबहादुर लामा भने माओवादी केन्द्रमै रहेकाले देउवाका लागि माओवादी केन्द्रबाट ४९ मत प्राप्त हुने देखिन्छ ।

विभाजनको औपचारिकता कुरिरहेको जनता समाजवादी पार्टी (जसपा) का ३४ जनामध्ये दुई जना निलम्बनमा परेपछि अहिले ३२ सांसद रहेका छन् ।
जसपाको ३२ जना सांसदमध्ये शनिबारसम्म उपेन्द्र यादव समूहमा १७ जना पुगेकाले बहुमत सदस्य आफूहरुसंग रहेको सो पक्षको दाबी छ ।

प्रतिनिधीसभा विघठन विरुद्घ विपक्षी गठनबन्धनमा लागेको एमालेको माधवकुमार नेपाल समूह २३ जना सांसद रहेका छन् । यी सांसदको बहुमत सांसद पुनस्र्थापित प्रतिनिधीसभा जोगाउनका लागि देउवालाई विश्वासको मत दिने पक्षमा छन् भने कतिपय चाँही पार्टीले गरेको निर्णयमा उभिनुपर्ने बताइरहेका छन् ।

हाल संसदमा रहेका २७१ को बहुमत अर्थात् १३६ मत देउवाले ल्याएमा उनले विश्वासको मत पाउँने छन् । अन्यथा, देउवा नेतृत्वको सरकार काम चलाउमा परिणत हुनेछ । अनि संवैधानिक व्यवस्था अनुुसार देश चुनावमा जानेछ । देउवाले विश्वासको मत लिएमा बाँकी डेढ वर्ष सरकारको नेतृत्व गरेर चुनाव गराउँने छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*