निर्वाचन आयोगमा जनुअघि महन्थ ठाकुर पक्षको बैठक

लोकखबर
११ श्रावण २०७८, सोमबार ११:४०

मकवानपुर । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको ‘हेड काउन्ट’ को निर्णयअनुसार दुबै पक्षका कार्यकारिणी समितिका सदस्यहरु निर्वाचन आयोगमा पुग्न थालेका छन्
हालसम्म आयोगमा उपेन्द्र यादव पक्षका एक दर्जनजति कार्यकारिणी समिति सदस्यले हस्ताक्षर सनाखत गराएर फर्किएका छन् भने महन्थ ठाकुर पक्षका केही सांसद पनि निर्वाचन आयोगमा पुगेका छन् ।
आयोगमा जानुअघि ठाकुर पक्षको बैठक सोमबार बिहान बबरमहलमा बसेको थियो । सो बैठकले हेड काउन्टबारे आयोगले गरेको निर्णयको बिरोध गरेको छ । उनीहरुले यसविरुद्ध आयोगमा निवेदन दिने भनिएपनि ठोस निर्णय भने भएको छैन ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*