बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

लोकखबर
११ श्रावण २०७८, सोमबार १२:१४

मकवानपुर । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका(५ का ४७ वर्षीय विनोदकुमार कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
थापाका अनुसार उच्च अदालत पाटनको २०७७ मंसिर ३० गतेको फैसलामा कार्कीलाई तीन दिन कैद र सात लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २८ हजार रूपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाइएको थियो।
फैसला सुनाएदेखि फरार कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको डिएसपी थापाले बताए। उनलाई कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *